Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रतिनिधिसभामा रवि लामिछानेमाथि प्रश्न उठाइएपछि रास्वपा आन्तरिक छलफलमा





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको कुरा गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला आफ्नै पार्टी सभापति रवि लामिछानेको नैतिकताका बारेमा प्रश्न उठेपछि रास्वपाले सरोकार राख्दै आन्तरिक छलफल थालेको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेका छन् ? र उनको पार्टीका सांसदहरूले अन्य पार्टीलाई कुन आधारमा नैतिकताको कुरा गरिरहेका छन् भन्दै प्रश्न गरेका थिए ।
‘सार्वजनिक रूपमा प्रश्न उठेपछि उठेका प्रश्नबारे कसरी जवाफ दिने भनेर हामी आन्तरिक छलफलमा छौँ’, रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘आइतबार पनि एक चरण छलफल भएको छ । आज सोमबार थप छलफल गर्छौँ ।’
विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन भइरहेको छ । सोही जानकारी प्रहरीले संघीय संसद् सचिवालयलाई गराएपछि गत पुस ८ गते सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बनमा रहेको जानकारी गराएका थिए ।