Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट





जनकपुुरधाम ।
मधेस सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि लागि बजेट प्रस्तुत गरेको छ ।
प्रदेश सरकारका अर्थ मन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ३५.८९ प्रतिशत अर्थात १६ अर्ब ७२ करोड ५ लाख १७ हजार चालु तर्फ बजेट विनिजयोजन गरेको छ । पूजिगत तर्फ ६४.११ प्रतिशत अर्थात ३० अर्ब २६ करोड २८ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक श्रोतको राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरी कुल १२ अर्ब ७३ करोड ६४ लाख , संघिय राजश्य बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख, गत आवको मौज्दातबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यहोर्दा २ अर्ब न्युन रह्नेछ । सो रकम आन्तरिक ऋणबाट जुटाइने छ ।

मन्त्रालयगत बजेट विनियोजन :
भौतिक पूर्वाधार विकास मन्त्रालय – १५ अर्ब ८८ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ६ अर्ब ४५ करोड
ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय – ४ अर्ब ४१ करोड
शिक्षा तथा संस्कृति मन्त्रालय – ३ अर्ब ५७ करोड
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय – ३ अर्ब ८ करोड
कृषि मन्त्रालय – २ अर्ब ८३ करोड
वन तथा वातावरण मन्त्रालय – २ अर्ब ३७ करोड
युवा, खेलकुद तथा सामाजिक कल्याण मन्त्रालय – १ अर्ब ६८ करोड
गृह, सञ्चार तथा कानून मन्त्रालय – ६४ करोड ८९ लाख
श्रम तथा यातायात मन्त्रालय – ५७ करोड १४ लाख