Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसको आगामी आवको बजेट मन्त्रीपरिषद बैठकबाट स्वीकृत





जनकपुरधाम ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/0८३ का लागि ल्याउन लागेको बजेट मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ । प्रारम्भिकरूपमा तय गरिएको रकमभन्दा २ अर्ब रुपैयाँ थप गर्दै करिब ४६ अर्बको बजेट स्वीकृति दिइएको बताइएको छ ।
आज अपरान्ह ४ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी भए पनि मन्त्रिपरिषद्को बैठक ढिलो सकिएकाले बजेट पेस गर्न ढिलाइ भएको हो । अब अर्थ मन्त्री सुनिल कुमार यादवले बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछन् ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जनाइएको छ । सरकारले बजेटमार्फत प्रदेशको समावेशी विकास, आर्थिक सशक्तीकरण र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्य लिएको छ ।