Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिका र इरानबीचको वार्ता रद्द





एजेन्सी ।
अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द भएको छ । इरानको परमाणु कार्यक्रम रोक्ने विषयमा अमेरिकाले उसँग दुई महिनादेखि वार्ता गर्दै आएको थियो ।
आइतबार छैटौं पटक दुई देशका अधिकारीहरूबीच वार्ता बस्ने भन्ने यसअघि नै तय भएको थियो ।
दुई देशबीचको वार्तामा ओमानले मध्यस्थता गरिरहेको थियो। मस्कटमा हुने भनिएको छैटौं चरणको वार्ता रद्द भएको ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले वार्ता स्थगित भएको बताएका छन् । यद्यपि वार्ता र संवादबाट मात्रै शान्ति स्थापना हुनेमा उनले जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनका अधिकारीहरुले पनि इरानसँग आइतबार हुने भनिएको वार्ता रद्द भएको बताएका छन् । शुक्रबार इसराइलले आक्रमण गरेलगत्तै इरानले अमेरिकासँगको वार्ताको कुनै अर्थ नरहेको बताएको थियो ।
इसराइली आक्रमणमा परी अमेरिकासँग वार्तामा सहभागी भएका इरानी अधिकारी पनि मारिएका छन् ।