Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानद्वारा इजरायलको राजधानीमै हमला, कम्तिमा ८ जनाको मृत्यु





एजेन्सी ।
इरानले इजरायलमाथि भयंकर हमला गरेको छ । हमलामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमाफर्mत् मिसाइल आक्रमण गरेको छ ।
आत्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ ।
यसैगरी ताम्रामा कम्तिमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चार माध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् ।
इजरायलले भने इरानको फरमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आत्रमणबाट इरानको रक्षा मन्त्रालय र रक्षा मन्त्रालयसँग अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।
इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत् जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली फ्रसारण केन्द्रमा आक्रमण गरिएको छ ।
यसैगरी इरानले इजरायलका तीन त्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकासमै ध्वस्त पारेको जनाएको छ ।