Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने





टोकियो ।

जापान सरकारले देशको बौद्धिक सम्पत्ति प्रतिस्पर्धा बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नयाँ रणनीति सार्वजनिक गरेको छ। जापानी सरकारले २०२५ का लागि बौद्धिक सम्पत्ति सम्बन्धी आफ्नो योजना स्वीकृत गरेको छ, जसले जापानी एनिमे र स्थानीय संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्दै क्षेत्रीय आर्थिक विकासमा मद्दत पुर्‍याउने लक्ष्य राखेको छ।

यस योजना अनुसार जापानले करिब १ ट्रिलियन येन (७ अर्ब अमेरिकी डलर) बराबरको आर्थिक प्रभावको अपेक्षा गरेको छ। प्रधानमन्त्री शिगेरु इशिबाले भने, ‘बौद्धिक सम्पत्ति जापानको लागि महत्त्वपूर्ण आय स्रोत हो र यसले देशका कम्पनीहरूको प्रतिस्पर्धात्मकता बढाउन ठुलो भूमिका खेल्छ।’

प्रधानमन्त्रीले भने, ‘हामीले प्रतिस्पर्धी बौद्धिक सम्पत्ति निर्माणका लागि कृत्रिम बुद्धिमत्ताको उपयोगलाई पूर्ण रूपमा बलियो बनाउनेछौँ।’ जापान सरकारले प्रत्येक वर्ष बौद्धिक सम्पत्तिको संरक्षण र उपयोगसम्बन्धी नीति तयार पार्ने गर्छ। २०२५ को योजना अनुसार, नयाँ प्रविधि विकासमा प्रयोग भएको एआईका विकासकर्ताहरूलाई कसरी अधिकार दिन सकिन्छ भन्ने विषयमा अस्पष्ट नियमहरूलाई स्पष्ट गर्ने प्रयास हुनेछ।

योजनामा विदेशी दक्ष जनशक्ति आकर्षित गर्ने, मानव संसाधन विकासमा सहयोग गर्ने, र ऊर्जा तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रबिच सहकार्य बढाउने पनि समावेश गरिएको छ।