Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानले इजरायलमाथि जवाफी आक्रमण गरेपछि तेहरानमा मनाइयो खुशियाली





एजेन्सी ।
मध्यपूर्वमा तनाव चरमोत्कर्षमा पुगेको छ । आफ्नो प्रमुख आणविक केन्द्रमा भएको आक्रमणको २४ घण्टा नबित्दै इरानले इजरायलमाथि विनाशकारी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरी सशक्त प्रतिकार गरेको छ ।
इरानी आक्रमणपछि इजरायलका प्रमुख सहरहरूमा विस्फोटका आवाज सुनिएका छन् भने जेरुसेलमको आकाशमा धुवाँको बाक्लो मुस्लो देखिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले यस आक्रमणलाई ‘ट्रु प्रोमिस थ्री’ नाम दिएको छ । गार्डका अनुसार यो आक्रमण इजरायलले इस्फाहनमा गरेको ‘आणविक आतंकवाद’ को बदला हो ।
एक विज्ञप्ति जारी गर्दै इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले इजरायलका महत्त्वपूर्ण सैन्य अखडा र संवेदनशील स्थानहरूलाई निशाना बनाइएको र दुईवटा इजरायली लडाकु विमान खसालेको दाबी गरेको छ । आक्रमणपछि इरानले चेतावनी दिँदै भनेको छ, ‘अब इजरायलले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
इरानी आक्रमणको केही समयलगत्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रका नाममा सम्बोधन गर्दै ‘अपरेसन राइजिङ लायन’ सुरु भएको घोषणा गरेका छन् । उनले यस कारबाहीको मुख्य लक्ष्य इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र आणविक क्षमतालाई पूर्ण रूपमा निस्तेज पार्नु रहेको बताएका छन् । ‘हाम्रो निशाना इरानी जनता होइनन्, त्यहाँको आणविक र सैन्य संरचना हुन्,’ नेतान्याहुले भने, ‘इजरायलको अस्तित्वमाथि चुनौती दिने दुस्साहसलाई हामी जस्तै गरी समाप्त पार्नेछौँ ।’
प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सबै इजरायली नागरिकलाई तत्काल सुरक्षित आश्रयस्थलमा जान र सरकारी निर्देशनको पालना गर्न आग्रह गरेका छन् । आक्रमणबाट अहिलेसम्म कम्तीमा ४० जना इजरायली घाइते भई अस्पताल भर्ना भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
विस्फोटक घटनाक्रमको सुरुवात एक दिनअघि इजरायलले इरानको इस्फाहनस्थित प्रमुख आणविक केन्द्रमा आक्रमण गरी त्यसलाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेपछि भएको थियो ।