Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल रेडक्रसलाई सुधारको अन्तिम मौका, प्रगति नभए निलम्बनको चेतावनी





काठमाडौं ।
दलीय भागबण्डा र अव्यवस्थाको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले सुधारको अन्तिम मौका दिएको छ ।
आईएफआरसीको गभर्निङ बोर्डले १२ जुन (विहीबार) का दिनको बैठकमा नेपाल रेडक्रसको वर्तमान नेतृत्व व्यवस्थाप्रति चासो व्यक्त गर्दै नयाँ कार्यसमिति चयन, विधान संशोधन र नेतृत्व परिवर्तनका लागि नेपाल सरकारको प्रतिबद्धता स्वीकार गर्दै दुई महिनाको समय दिएको हो ।
जेनेभाबाट शुक्रबार नेपाल रेडक्रस सचिवालयलाई पठाइएको पत्रमा भनिएको छ, ‘यदि अबको दुई महिनाभित्र कुनै ठोस प्रगति देखिएन भने तत्काल निलम्बनको प्रक्रिया अघि बढाइनेछ ।’
आईएफआरसीले तत्काल कुनै प्रतिबन्ध नलगाउने निर्णय गरे पनि सुधार नआए कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ । विगत केही समयदेखि नेपाल रेडक्रसमा दलीय हस्तक्षेप, अनियमितता र आन्तरिक विभाजनबारे गम्भीर प्रश्न उठ्दै आएका छन् । अन्तर्राष्ट्रिय महासंघको तर्फबाट आएको यो चेतावनीलाई अन्तिम अवसरका रूपमा हेरिएको छ ।