Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शहीद दुर्गानन्द झाको शालिकमाथि चप्पल प्रहार गर्ने महतो पक्राउ





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित शहीद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको नाम रतन महतो (उमेर ४४), निवासी जनकपुरधाम–२३ लादो गाउँ, रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार महतोले केही दिनअघि शहीद झाको सालिकमाथि चप्पल प्रहार गरी भिडियो बनाएका थिए र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । यस कार्यप्रति सामाजिक सञ्जालमा व्यापक विरोध प्रकट गरिएको थियो । शहीद झाका अनुयायीहरू, स्थानीय संघसंस्था, युवा क्लबहरू तथा विभिन्न राजनीतिक दलहरूद्वारा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा महतो जेठ २९ गते आफ्नै गाउँ लादोमा डुलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका महतोमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।