

काठमाडौँ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नो स्पष्टीकरण पेस गरेका छन् । तर, उनको राजीनामा माग गर्दै रास्वपाले लेखकको नाराबाजी गरेको छ ।
नाराबाजी र बेल घेराउका बीच लेखकले आफू निदोर्ष भएको दाबी गर्दै आफ्नो बचाउमा उत्रिए । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै संलग्नता भएको दाबी गर्दै उनको राजीनामा माग गरेको छ । सोही माग माओवादीले समेत गरेको भएपनि पछिल्लो समय २ बुँदे सहमतिबाट सो पार्टी पछि हटेको छ ।
