Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेशसभा सदस्य सरोज कुशवाहाको पद निलम्बन





जनकपुरधाम ।
मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा निलम्बन भएका छन् । प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बनसम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।
सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित भएका थिए ।
विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
उनका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परेका थिए । मधेश प्रदेशसभामा १ सय ७ जना सांसद थिए । जसमध्ये तीन जना प्रदेशसभा सदस्य निलम्बन भइसकेका छन् । यसअघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन् ।