Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हुसेन सलामी मारिएपछि इरानको रिभोलुसनरी गार्डको नयाँ प्रमुख बने वाहिदी





एजेन्सी ।
इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त गरिएको छ ।
नयाँ कमान्डर इन चिफ नियुक्त भएसँगै जनरल वाहिदीले इजरायली आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् । यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा सलामीसहित खातम–अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी छन् ।
यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।