Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायी आन्दोलित





जनकपुरधाम ।
सरकारद्वारा सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा तथा जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अगुवाइमा उनीहरुले नगरपरिक्रमा सहितको विरोध प्रदर्शन गर्दै आ–आफ्ना पसलको साँचो जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाएर बिरोध जनाएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष दीपेन्द्र ठाकुरले सरकारको निर्णय नसच्याएसम्म व्यवसाय बन्द राख्ने कार्यक्रम रहेको जनाउँदै भने, ‘विलासिता कर र गरगहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नभएसम्म हामी आन्दोलनमा रहनेछौं ।’
जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले समेत सरकारको कर प्रणालीप्रति आपत्ति जनाउँदै भने, ‘सुनलाई कानूनी रूपमा चल सम्पत्ति मानेको अवस्थामा त्यसमा विलासिता कर लगाउनुको कुनै औचित्य छैन। यो कर व्यवसायीमाथि उठीवास गराउने प्रकृतिको छ ।’
व्यवसायीहरुले विलासिता कर तत्काल हटाउनुपर्ने, हिरा र जवाहरातमा लगाइएको भ्याट पुनर्विचार गर्नुपर्ने, र भन्सार शुल्क ६ प्रतिशत कायम गरिनुपर्ने माग अघि सारेका छन् । यी मागहरु सहित अहिले देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।