Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भिजिट भिसा प्रकरणमा धारणा बनाउन संघिय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै





काठमाडौं ।
मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने छ ।
मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत एजेण्डामा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी गराए ।
मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा आवद्ध छन् ।
मोर्चाको बैठक आह्वान गर्ने दलले अध्यक्षता गर्ने विधि बनाइएको छ । यसअघि जनमत, लोसपा, जनता प्रगातिशील पार्टीले बैठकको आह्वान गरेका थिए ।