Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायलबाट इरानको आणविक केन्द्रमा आक्रमण

इरानको चेतावनी– इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’





एजेन्सी ।
इजरायलले इरानमा हमला गरेको जनाएको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले यसको घोषणा गरेसँगै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन् ।
काट्जले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन् । यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ । इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ। यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ ।
अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन् ।
इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए

इजरायली आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीको ज्यान गएको छ । इरानी राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार धेरै जना वरिष्ठ नेता सहित उनी मारिएका हुन् ।
सञ्चार माध्यमले अटोमेटिक इनर्जी अर्गनाइजेसनका प्रमुख फायोडन अवासीको ज्यान गएको बताएको छ । तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका प्रमुख मोहम्मद मेहदी तेरान्ची पनि मारिएका छन् ।
मारिने सलामी सन् १९८० मा पहिलो पटक इरान इराक युद्ध हुँदा रेभुलेसनरी गार्डमा आबद्ध भएका थिए । अमेरिका र सहयोगीको कटु आलोचकको रूपमा उनको छवि बनेको थियो । सन् २०२४ मा उनी गार्डका प्रमुख भएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सो आक्रमणको नाम अप्रेसन राइजिङ लायन रहेको बताएका छन्। इरानबाट हुनसक्ने सम्भावित आक्रमणका कारण अहिले इजरायलमा सङ्कटकाल घोषणा गरिएको छ ।
इरानले केही दिनमा आणविक बम बनाउन सक्ने अवस्थामा इरान रहेका कारण सो आक्रमण गरिएको जानकारी दिए। अहिले इजरायलका सबै वायु सेवा बन्द भएका छन् ।
अमेरिकाले आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्ना नागरिक जोगाउनु नै पहिलो काम भएको बताएको छ । इरानले भने सर्वसाधारणको आवासमा आक्रमण भएको तथा बाल बालिकाको समेत ज्यान गएको बताएको छ । इजरायली सुरक्षा निकायले वरिष्ठ आणविक वैज्ञानिक समेत मारिएको जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमको मुटुमै प्रहार गरिएको बताए । इरानको राजधानी तेहरान भन्दा २२५ किलोमिटर टाढा रहेको केन्द्रमा आक्रमण भएको हो ।
सन् २०२१ मा इरानले इजरायललाई सोही स्थानमा साइबर आक्रमण गरेको आरोप लगाएको थियो ।
इरानको चेतावनी– इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’
इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।
इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
इजरायलको आक्रमणले इरानको ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली ध्वस्त पार्न खोजेको पनि इरानी सेनाले जनाएको छ ।
इजरायलको आक्रमण इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरेर गरिएको हो ।