Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर





वीरगन्ज ।

पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

प्रहरीका मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । भने गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र हाल उनको अवस्था चिन्ताजनक रहेको जनाइएको जनाइएको छ ।

दुवै सवारी साधन घटनास्थलमै रहेता पनि ट्रक चालक भने फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।