

काठमाडौं ।
आज अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा थियो ।
आज युरोपियन युरो पनि बढेको छ । आज युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ २ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा थियो ।
आज युके पाउन्ड स्ट्रलिङ पनि बढेको छ । आज एक पाउण्डको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा छ । हिजो एक पाउण्डको अरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा थियो ।
यसैगरी आज स्वीस र्फ्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ६९ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ छ। हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६० पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
