Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मालपोत तथा भूमिसुधार कार्यालय, सिरहाका कर्मचारी महिलासहित नियन्त्रणमा





सिरहा ।

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार रायलाई एक महिलासहित प्रहरीले नियन्त्रणमा लिएको छ । रायलाई प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

उनी मालपोत तथा भूमिसुधार कार्यालय, सिरहाका कर्मचारीसमेत हुन् । रायले परस्त्रीसँग सम्बन्ध राखेको र आफूलाई दु:ख दिएको भन्ने उनकी पत्नीले दिएको उजुरीका आधारमा सिरहास्थित एक घरबाट महिलासँगै पक्राउ गरिएको प्रहरीले जनायो ।

रायसहित ती महिलालाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ । उनीहरूलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।