Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एयर इण्डियाको विमान दुर्घटनामा परेर गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित सबै २४२ जनाको मृत्यु





काठमाडौं ।
भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ ।
बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए ।
दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
उनका अनुसार घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ ।
दुर्घटनास्थलमा अहिलेसम्म १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय समय) रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो ।
विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो ।
दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे बाट टेकअफ गरेको केही मिनेटमै विमान नजिकै भवनमा ठोक्कियो ।
विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका विवरणहरु आएका छन् ।
दुर्घटनापछि एयर इन्डियाले यात्रुका आफन्तलाई सहजीकरण र सूचना दिन हटलाइन नम्बर जारी गरेको जनाएको छ ।