Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भिजिट भिसा प्रकरणमा साझा धारणा बनाउन संघिय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइयो





काठमाडौं ।
गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणका कारण लगातार संसद् अवरुद्ध हुँदै आएपछि मोर्चाले धारणा तय गर्न मूल समितिको बैठक बोलाएको हो ।
मोर्चाको घटक मध्येको एक राष्ट्रिय मुक्ति पार्टीको शान्तिनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजे मूल समितिको बैठक बोलाइएको सो पार्टीका नेता केशव झाले जानकारी दिएका छन् ।
उनका अनुसार मोर्चाको बैठकमा भिजिट भिसा प्रकरणसँगै मोर्चाको कार्यविधि र आदिवासी जनजाति र मधेसीसँग गरिने सहकार्यका विषयमा पनि छलफल हुने छ ।
संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई सहयोग गर्दै आएका र प्रतिपक्षमा रहेका तराई–मधेश केन्द्रित दलहरू मिलेर मोर्चा बनाएका छन् ।
मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी छन् ।
यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।