Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विश्वभर जबरजस्ती विस्थापितको संख्या घट्यो





एजेन्सी ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को अन्त्यसम्म विश्वभर करिब १२ करोड ३२ लाख मानिसहरू जबरजस्ती आफ्नै घरबाट विस्थापित भएका थिए । तर, युद्धग्रस्त सिरियाबाट नागरिकहरू घर फर्किन थालेपछि विस्थापितहरूको संख्या १२ करोड २१ लाखमा झरेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर) ले जनाएको छ ।
सिरियामा वर्षौंको द्वन्द्वपछि करिब २० लाख नागरिक विदेश वा देशभित्रका जोखिमयुक्त क्षेत्रहरूबाट घर फर्किन सफल भएका छन् । युएनएचसीआरले यो प्रगति स्वागतयोग्य भए पनि विश्वभर बढ्दो द्वन्द्व, हिंसा र उत्पीडनका कारण विस्थापनको संकट फेरि चुलिन सक्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीका अनुसार, विश्व आज तीव्र अस्थिरता र युद्धको सामना गरिरहेको छ, जसले मानवीय पीडालाई गहिरो र भयावह बनाइरहेको छ । उनले स्थायी शान्ति चाहने लाखौं विस्थापितका लागि दीर्घकालीन समाधान खोज्ने प्रयास दोब्बर गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
युएनएचसीआरको वार्षिक ‘ग्लोबल ट्रेन्ड्स रिपोर्ट’ अनुसार सन् २०२४ मा विस्थापनको प्रमुख कारण सुडान, गाजा, म्यानमार र युक्रेनमा जारी द्वन्द्व हुन् । सिरियामा असद शासन पतनपछि मात्रै ५ लाखभन्दा बढी नागरिकहरू फिर्ता भइसकेका छन् भने १२ लाख आन्तरिक रूपमा विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएका छन् ।
सन् २०२५ को अन्त्यसम्ममा विदेशबाट १५ लाख र देशभित्र विस्थापित २० लाख नागरिक घर फर्किने अनुमान गरिएको छ । यद्यपि, सुडान अहिले १ करोड ४३ लाख शरणार्थी तथा आन्तरिक विस्थापितसहित विश्वकै सबैभन्दा ठूलो जबरजस्ती विस्थापन भएको देश बनेको छ । त्यसपछिका स्थानमा सिरिया (१ करोड ३५ लाख), अफगानिस्तान (१ करोड ३० लाख) र युक्रेन (८८ लाख) रहेका छन् ।
संयुक्त राष्ट्रसंघले विशेष गरी कंगो, सुडान र युक्रेनमा शान्ति स्थापनाले लाखौं शरणार्थीको समस्या समाधानमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेको छ ।
हालसम्म सबैभन्दा धेरै शरणार्थीलाई इरानले (३५ लाख) आश्रय दिएको छ, जसपछाडि टर्कीए (२९ लाख), कोलम्बिया (२८ लाख), जर्मनी (२७ लाख) र युगान्डा (१८ लाख) छन् ।