Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तीनकुने घटना मुद्दामा सरकारी वकिलले आज जवाफ दिने





काठमाडौँ ।
तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।
प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीहरूलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउँछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् ।