

जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले शहीद सन्तति वृत्ति कोषको स्थापना गरेका छन् । मिश्रले मधेस आन्दोलनको समयमा सहादत प्राप्त वीर शहीदका सन्तानहरूको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरि सो कोष स्थापनाको घोषणा गरेका हुन् ।
महासचिव मिश्रले आज पर्न गएको आफ्नो जन्मदिनको अवसरपारी सो वृत्ति कोषको घोषणा गरेका छन् । मधेस आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानुनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुनेछ ।
