Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनको मूल्यमा १ हजार ३सयले बृद्धि





काठमाडौँ ।
विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढेको छ । आइतबार तोलामा तीन हजार, सोमबार एकसय र मंगलबार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज एक हजार तीनसय रुपैयाँ बढेको हो ।
मूल्य बढेर आज सुन तोलाको एकलाख ९१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँ थियो ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला दुई ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।