Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आरिफ शेखको आइसीसी लिग २मा प्रदर्शनः ५ म्याचमा ३ पटक प्लेयर अफ द म्याच





काठमाडौं ।
नेदरल्यान्ड्सविरुद्धको हिजोको म्याचमा नेपालका मध्यक्रमका ब्याटर आरिफ शेख फेरि एक पटक चम्किए ।
समस्याग्रस्त अवस्थामा रहेको नेपालको ब्याटिङलाई उनको ८४ रनको उत्कृष्ट इनिङले जोगाएको थियो ।
आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिजमा आरिफ दोस्रोपटक प्लेयर अफ द म्याच भएका छन् । नेदरल्यान्ड्सविरुद्धका दुवै म्याचमा उनले म्याच विनिङ पारी खेले । यी दुवै म्याच लो स्कोरिङ थिए ।
अघिल्लो म्याचमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै नेपाललाई जितका लागि २२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपाल अलिकति लडखडाएको थियो ।
१२३ रनमा ४ विकेट गुमाएको स्थितिबाट सम्हाल्दै आरिफले नेपाललाई जितनजिक पु¥याएका थिए । उनले ९९ बलमा २ छक्का र ७ चौका सहित ७८ रन प्रहार गरे । आरिफ र दीपेन्द्र सिंह ऐरीसित गरेको ८९ रनको साझेदारीले खेलको नतिजा निश्चित गरेको थियो ।
हिजो भएको नेदरल्यान्ड्सविरुद्धकै दोस्रो म्याचमा आरिफले अझै सुधारिएको प्रदर्शन गरे । यसपालि उनको स्कोरिङ रेट पनि उच्च थियो । १३८ रनमा ५ विकेट गुमाएर कमजोर स्थितिमा रहेको नेपाललाई आरिफले आफ्नो उत्कृष्ट ब्याटिङ देखाउँदै उद्धार गरे र सम्मानजनक स्कोरमा पु¥याए । श्रृंखलामा पहिलो पटक नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेदरल्यान्ड्सका बलरहरूले सुरुदेखि नेपालका ब्याटरहरुमा दबाबमा राखिरहेका थिए र विकेट पनि निकालिरहेका थिए । तर एउटा इन्डबाट आरिफ डटिरहे ।
अन्तिम ओभरको तेस्रो बलमा आउट हुनु अघि उनले ८५ बलमा ८४ रन जोडिसकेका थिए । आरिफले हानेका चौका र छक्काको संख्या भने दुवै खेलमा एउटै छ । हिजो पनि उनले २ छक्का र ७ चौका नै प्रहार गरे । तर, यसपटक उनले धेरै डट बलहरू नखाएकाले करिब सयकै रनरेट कायम गर्न सके ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई २२० बलमा रोक्न सफल भए । यद्यपि, प्लेयर अफ दि म्याचको वास्तविक हकदार भने आरिफ नै थिए । कारण उनी एक्लैले नेपालको ब्याटिङ धानेर सम्मानजनक स्कोरमा पु¥याएका हुन् । अन्यथा नेपालले २०० रनको आँकडा पार गर्न पनि कठिन हुन सक्थ्यो ।
यो सिरिजमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटरको सुचीमा शीर्षस्थानमा छन् आरिफ । उनले चार खेलमा ५२ को औसतमा २०८ रन जोडे । यति मात्र होइन, लिग २ को यो शृङ्खलामा नै नेपालका लागि सर्वाधिक रन उनैले बनाएका छन् । १० वटा म्याचमा मात्र ब्याटिङ गरेका उनले ३८४ रन जोडिसकेका छन् । दोस्रो स्थानमा रहेका उनै भाइ आसिफ शेखको नाममा ३०१ रन छ । आसिफले १४ म्याच खेलेका छन् ।
नेपालले खेलेका पछिल्ला ५ ओडिआइमा तेस्रोपटक आरिफ प्लेयर अफ द म्याच बनेका हुन् । यसले पनि उनको उच्च फर्मको संकेत गर्छ । लिग २ कै अघिल्लो शृङ्खलाको अन्तिम खेलमा उनले स्कटल्यान्डविरुद्ध आक्रामक अर्धशतक बनाउँदै नेपाललाई जित दिलाएका थिए र प्लेयर अफ द म्याच चुनिएका थिए ।