Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन





एजेन्सी ।
अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो । न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको छ । उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, न्यूयोर्क बाट आइसिई कार्यालय हट्नु पर्ने कुरा पनि उठाइ रहेका छन् ।
सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ । सोही विरोध प्रदर्शनका कारण दिउँसो १ बजेको आसपासमा नै अदालत बन्द भएको छ। १०१ बाटाका लेनहरूलाई प्रदर्शनकारीले ठप्प पारेका छन् । यसरी यातायात रोकिएको यो तीन दिनमा दोस्रो पटक हो ।
अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडको विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि यसले क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरलाई रुष्ट बनाएको छ ।
मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यस किसिमको घटना भएकोमा आपत्ति जनाएकी हुन् । उनले रात पर्नु अघि नै कफ्र्युको घोषणा पनि हुन सक्ने कुरामा सबैलाई सचेत गराएकी छन् ।
प्रदर्शनलाई दमन नगर्नका लागि उनले प्रहरी प्रमुखसँग भेट गरेकी छिन् । गभर्नर गेभिन न्यूसमले त राष्ट्रपति ट्रम्पको विरुद्धमा मुद्दा नै दर्ता गरिसकेका छन् । त्यहाँको न्यायालयले धरपकड रोक्न गभर्नर न्युसमले गरेको निवेदनलाई अस्वीकार गरेको छ ।