Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री ओलीले भने– कुव्यवस्थाले ज्ञानको भूमि जनकपुरधामको इतिहास बिचमा हराएको थियो, बल्ल फर्किएको छ

राजर्षि जनक विश्वविद्यालयको दीक्षान्त समारोह





जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल जनकपुरधाममा विश्वविद्यालय स्थापना भएको र पहिलो दिक्षान्त समारोह सम्पन्न भएकोमा आश्चर्य व्यक्त गर्दै यसमा शासकीय स्वार्थपन र कुव्यवस्था दोषी रहेको बताएका छन् । राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहलाई सम्बोन गर्दै विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु पहिलो पटक दिक्षित भएकोमा खुशी व्यक्त गर्दै जनकपुरधाम पहिले देखि नै ज्ञानको भूमि भएपनि यहाँ विश्वविद्यालय अहिले आएर स्थापना हुनुमा कुव्यवस्था दोषी रहेको बताए । उनले अब आउने दिनमा यस्ता कमजोरीहरुलाई वास्तविक प्रजातन्त्रको अभ्यास गर्दै हटाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने ‘यहाँ सत्ययुगमा ज्ञानको छलफल हुन्थ्यो, विद्वताको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो, त्यसको ४ हजार वर्षपछि हामी फेरी त्यहीँ स्थानमा आई पुगेका छौँ, खुशी लागिरहेको छ ।’ अगाडी भने ‘४ हजार वर्षपछि फेरी हामी त्यही ठाउँमा पुगेकोमा खुशी छु, बीचमा हाम्रो इतिहास हराई सकेको थियो , केही केही विद्वान मात्रै निस्किए विद्यापतिजस्ता यसमा शासकीय कुव्यवस्थाको कमजोरी हो ।’
प्रधानमन्त्री ओलीले हाम्रो शिक्षाको परम्परा प्राचिन रहे पनि त्यसको प्रचार प्रसारमा हामी पछाडी परिरहेको बताए । उनले भने ‘हाम्रो पहिलो व्यवस्थित विश्वविद्यालय २८ सय वर्ष अगाडी थियो जबकि पश्चिमा विश्वविद्यालयको परम्परा साढे ४ सय वर्ष पुरानो हुनुले पनि हाम्रो शिक्षा प्रणाली प्राचिन रहेकोे कुरालाई प्रमाणित गर्छ ।’
कतिपयले हाम्रो पूर्वीय दर्शन अन्धविश्वासमा आधारित रहेको झुठा कुरा गर्छ तर पूर्वीय दर्शन अन्धविश्वासमा आधारित नभएर सिद्धान्तमा आधारित दर्शन रहेको प्रधानमन्त्री ओलीले खावी गरे ।
प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयको विषयमा चर्चा गर्दै भने ‘अहिले थोरै विद्यार्थीहरु छन् तर सफलताकालागि काफि छ, किनभने ठूला ठूला यात्राको आरम्भ पहिलो पाइलाबाट हुन्छ ।’ त्यसैले यो आरम्भलाई शक्तिको रुपमा परिणत गर्दै अगाडी बढ्न आग्रह गरे ।