Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपालमा मनसुन सक्रिय नहुँदै पूर्वी एसिया तर्फ फर्कियो





काठमाडौं ।
नेपालमा मनसुन गत जेठ १५ गते कोशी प्रदेश भित्रिए पनि त्यो छिटो पूर्वी एसिया तर्फ फर्किएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले बताउनुभयो कि मनसुनको वायु फिलिपिन्सतर्फ सरेकोले अहिले नेपालमा मनसुन फैलिन सकेको छैन ।
मनसुन भित्रिएपछि जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी गएको थियो, जसमा धरानधनकुटाको सडक भत्कियो र झापामा २२ घर डुबानमा परेका थिए । त्यसपछि वर्षा रोकिएको छ ।
पश्चिमी र मध्यक्षेत्रमा स्थानीय तथा पश्चिमी वायु सक्रिय भएकाले मनसुनको प्रवेश रोकिएको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट मनसुनी वायु कमजोर भई तापक्रम बढेको छ ।
मौसमविद्ले भनेका छन् कि मनसुन ‘ब्रेक’ हुनु राम्रो संकेत होइन, यसले कतै धेरै वर्षा र कतै खडेरी निम्त्याउन सक्छ । तर आगामी दिनमा नयाँ न्यूनचापीय प्रणालीले वर्षा बढाउने सम्भावना छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले करिब २० लाख मानिस प्रभावित हुन सक्ने अनुमानसहित तयारी गरिरहेको छ ।