Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२९ वर्षकै उमेरमा निकोलस पुरनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास





एजेन्सी ।
वेस्ट इन्डिजका विस्फोटक ब्याटर निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । विश्वकै उत्कृष्ट टी–२० ब्याटरमध्ये एक रहेका पूरनले २९ वर्षको उमेरमै संन्यास घोषणा गरेका हुन् ।
निकोलसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने आफ्नो निर्णयबारे नेतृत्वलाई आधिकारिक रूपमा जानकारी गराएका छन् । क्रिकेट वेस्ट इन्डिजले पूरनप्रति सम्मान व्यक्त गर्दै भनेको छ, ‘हामी उनका उपलब्धिहरूलाई सम्मान गर्छौं र उनले दर्शकहरूलाई दिएका रमाइला क्षणहरूका लागि धन्यवाद दिन्छौं । भविष्यका लागि शुभकामना ।’
पूरनले वेस्ट इन्डिजका लागि ६१ ओडीआई र १०६ टी–२०आई खेलेका छन् । ओडीआईका ६१ खेलमा ३ शतक र ११ अर्धशतकसहित पूरनले १९८३ रन बनाएका छन् । त्यस्तै टी–२० आईमा १०६ खेलमा १३ अर्धशतकसहित २२७५ रन बनाएका छन् ।
पूरनले हालै इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सबाट खेलेका थिए । त्यसपछि आराम गर्ने भन्दै उनी इंग्ल्यान्ड विरुद्धको टी–२० सिरिजमा सहभागी भएनन् । उनी यसै समरमा अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) र बेलायतको द हन्ड्रेड लिगमा पनि खेल्ने तयारीमा छन् ।