Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाको लस एन्जलसमा विशेष सैनिक तैनाथ, चौतर्फी विरोध





एजेन्सी ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ ।
एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ कि यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो । ट्रम्पले यसअघि नै लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका छन् ।
पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २,००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने उनले बताए ।
यता, राज्य सरकारले भने संघीय कदमको कडा विरोध गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेशनल गार्डको तैनाथीविरुद्ध कानुनी चुनौती दर्ता गरिसकेका छन् ।
सैन्य निकायका अनुसार यी मरिन सैनिकहरूलाई मुख्य संघीय एजेन्सीको नेतृत्वमा क्षेत्रको निरन्तर निगरानी र सुरक्षाका लागि सहयोग गर्न खटाइएको हो ।
मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन् ।
ट्रम्प प्रशासनका एक अधिकारीले रोयटर्ससँग भनेका छन् कि यी मरिनहरू केवल नेशनल गार्ड र अन्य कानुन कार्यान्वयन निकायहरूको सहायक भूमिकामा मात्र रहनेछन् ।