Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँ महानगरका अवकाशप्राप्त इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा

साढे ४ करोड अकुत सम्पत्ति भेटियो





काठमाडौँ ।

काठमाडौँ महानगरका अवकाशप्राप्त इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध अकुत सम्पत्ति थुपारेको अभियोगमा दायर गरेको हो।

४ करोड ५८ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति भेटिएकाले उक्त सम्पत्ति भ्रष्टाचारबाट कमाएको दाबी गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कोइरी महानगरका सातौँ तहका इन्जिनियर थिए।