Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित





काठमाडौं ।
प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । यस बैठकमा कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सहभागी थिए ।
भिजिट भिसामा हुने गरेको अनियमिमताका विषयमा छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरूको मागमा कांग्रेस सहमत नभएपछि बैठकबाट बिनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएन । छलफलमा केही निष्कर्ष निस्किएन ।’