Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हनिमुनकालागि पतिसंगै मेघालय पुगेकी सोनम वेपत्ता भएको १७ दिनपछि पति हत्या आरोपमा पक्राउ





एजेन्सी ।
भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौर जिल्लास्थित सकार नगरबाट हनिमुन मनाउन मेघालय गएका यातायात व्यवसायी राजा रघुवंशीको हत्या अन्ततः उनकै श्रीमतीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ ।
श्रीमान् मृत भेटिए पनि १७ दिनदेखि बेपत्ता सोनम रघृवंशी आज (जुन ९ तारिख) गाजीपुरमा फेला परेकी हुन् ।
उनैले भाडाका मानिस लगाएर पतिको हत्या गराएको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको छ । साथै अन्य ३ जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यही मे २३ मा हनिमुन मनाउन मेघालय पुगेका २९ वर्षीय राजा रघुवंशी ११ दिनपछि जुन २ मा पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिएका थिए भने सोनम बेपत्ता थिइन् । तर अन्ततः उनी १७ दिनपछि सोमबार पतिको हत्या आरोपमा गाजीपुरबाट गिरफ्तार भएकी हुन् ।
उनी मेघालयको शिलोङबाट गाजीपुर कसरी पुगिन् र यी १७ दिन उनले कसरी बिताइन् भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । गत मे ११ मा मा विवाह गरेका राजा र सोनम मे २० मा हनिमुन मनाउन भनेर इन्दौरबाट मेघालय प्रस्थान गरेका थिए । सोनम पक्राउपर्नुअघि प्रहरीले उनीहरूको सीसीटीभी फुटेज फेला पारेको थियो ।