Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु





नयाँ दिल्ली ।

भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्।

स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।

हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

भारतमा चार नयाँ भेरियन्टहरू फेला परेका छन्। आईसीएमआर निर्देशक डा. राजीव बहलले दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन्।

बाँकी ठाउँहरूबाट नमूनाहरू सङ्कलन गरिँदैछ र नयाँ भेरियन्टहरू जाँच हुने क्रममा रहेको छ। यद्यपि डाक्टरहरु केसहरू धेरै गम्भीर नरहेको र मानिसहरूले चिन्ता गर्नु नपर्ने तर सावधानी अपनाउन आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठन ले पनि तिनीहरूलाई चिन्ताको विषय मानेको छैन। यद्यपि, तिनीहरूलाई निगरानीमा रहेका भेरियन्टहरूको रूपमा वर्गीकृत गरिएको छ।