Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

करार शिक्षकलाई ‘स्थायी नियुक्ति’ दिने विद्यालयका प्रअ र अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा





चितवन ।

चितवनको रत्ननगर नगरपालिका–२ स्थित श्री नेपाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक वुद्धि राज सुवेदीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

करारमा कार्यरत शिक्षक विजया सुवेदीलाई विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा, सदस्य सचिव प्रधानाध्यापक वुद्धि राज सुवेदीले नभएको अधिकार प्रयोग गरी स्थायी नियुक्ति दिएको अख्तियारले जनाएको छ।

मिति २०५५कात्तिक ८ मा करारमा नियुक्त विजयालाई २०६३ माघ १३ मा प्रावि रनिमाविको कक्षा लिने शिक्षकको जिम्मेवारी दिई मिति २०७२ पुस ४ मा उच्च माविमा करारमा नियुक्ति गरेको पाइएको छ।

तर मिति २०७८ भदौ ७ गते बैठक बसी आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापन विनियम बनाई शिक्षक विजया सुवेदीलाई २०७८ साउन १ बाट लागू हुने गरी निमावि तृतिय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराउने, साथै सोही मितिबाट स्थायी गरी कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरेको अनुसन्धानमा खुलेको छ।

अख्तियारले शिक्षक विजया सुवेदीलाई नियुक्ति पत्र प्रदान गर्ने प्रअ बुद्धिराज सुवेदीसहित नियुक्ति पत्र दिन निर्णय गर्ने व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक सुवेदीसमेत विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।