Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मस्कसँग तनाव बढेपछि टेस्ला कार बेच्ने तयारीमा ट्रम्प





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । मिडियाको सामु ह्वाइट हाउस अगाडि रातो रंगको टेस्ला कार देखाउँदै ट्रम्पले उक्त कार उनले आफैंले किनेका जानकारी दिएका थिए ।
तर, ट्रम्प अहिले उक्त टेस्ला कार बेच्ने सोचमा छन् । बिहीबार ट्रम्पले आफ्नो खर्चसम्बन्धी विधेयकको विरोध गर्ने मस्कको कदमको विरोध गर्ने कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । खासमा ट्रम्पको कदमले मस्कको कार कम्पनी टेस्लालाई नोक्सान पु¥याउन सक्ने भएपछि मस्कले त्यसको आलोचना गरेका थिए ।
ट्रम्पका अनुसार, सो विधेयकले विद्युतीय गाडीहरूमा दिइने कर छुट (ट्याक्स क्रेडिट) अन्त्य गर्ने प्रस्ताव राखेको छ, जसबाट टेस्ला घाटामा पर्न सक्छ र मस्क त्यसै कारण यस विधेयकको विरोधमा छन् । हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच तीव्र शब्दयुद्ध भएको थियो । त्यसपछि ट्रम्पले संघीय सरकारसँग एलन मस्कका ठूलो परिमाणमा भइरहेका व्यावसायिक सम्झौताहरूमा खतरा पु¥याउने चेतावनी दिएका छन् ।
ट्रम्पको उक्त चेतावनीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोग लगाउन माग गरेका छन् । यसैबीच, ट्रम्प–मस्क विवादबारे चिनियाँ विदेश मन्त्रालयले समेत प्रतिक्रिया दिएको छ । शुक्रबार आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दो तनावबारे प्रश्न सोधिएको थियो ।
जवाफमा उनले भने, ‘यो अमेरिकाको आन्तरिक विषय हो ।’ यदि ट्रम्पले मस्कविरुद्ध सरकारी संयन्त्र प्रयोग गरे भने मस्कका लागि यो भारी पर्न सक्छ ।