Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसी नेताहरु निरन्तर मधेस सरकारको नेतृत्वमाथि दावी गर्दै, सभापति देउवाले पनि गरे संकेत





जनकपुरधाम
मधेस प्रदेश सरकारको नेतृत्वमाथि नेपाली कांग्रेसका शीर्ष नेताहरूले निरन्तर रुपमा दावी गर्दै आईरहेका छन् ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अब मधेस प्रदेशको सरकार कांग्रेसकै नेतृत्वमा बन्ने पक्का भएको छ ।’ उनले आलोपालो सरकार सञ्चालनको सहमति अनुसार अबको पालो कांग्रेसको भएको दाबी गरे ।
यसअघि गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले पनि मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्पष्ट संकेत दिएका थिए । उनले भनेका थिए, ‘सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो, अबको पालो हाम्रो हो ।’
त्यस्तै, महासचिव विश्वप्रकाश शर्माले पनि मधेस प्रदेशको वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेको र अब विकल्पको खोजी गर्नुपर्ने धारणा राखेका थिए ।
यसैबीच, जनमत पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष डा. सिके राउतले मुख्यमन्त्री सतिश सिंहलाई जुनसुकै बेला सरकार छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिइसकेको जनाइएको छ । सम्भवतः प्रदेशको आगामी बजेट प्रस्तुत गरेपछि मुख्यमन्त्री सिंहले राजीनामा दिनसक्ने संकेत देखिएको छ ।
जनमत पार्टीको नेतृत्वमा बनेको सरकारले जेठ २५ गते एक वर्ष पूरा गर्दैछ । कांग्रेसले यही सहमति देखाउँदै अब सत्ता हस्तान्तरण हुनुपर्ने माग गरिरहेको छ ।