Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतले सञ्चालनमा ल्यायो जम्मु–कश्मीर जोड्ने विश्वकै अग्लो रेल पुल





एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको रियासी जिल्लामा चिनाब नदीमाथि बनेको विश्वकै अग्लो रेल आर्च पुलको शुक्रबार उद्घाटन गरेका छन् ।
उनले त्यहाँबाट चिनाब पुल, अञ्जी पुल र कटराबाट कश्मीरसम्मको पहिलो वन्दे भारत रेललाई हरियो झण्डा देखाउँदै सञ्चालनमा ल्याए । प्रधानमन्त्री मोदी २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि पहिलोपटक कश्मीर पुगेका हुन् ।
४२ मिनेटको सम्बोधनमा प्रधानमन्त्री मोदीले आतंकवाद, पाकिस्तान, कश्मीरको पर्यटन र विकासबारे बोले । ‘२२ अप्रिलमा पाकिस्तानले पहलगाममा मानवता र कश्मीरीमाथि हमला ग¥यो। हामीले ६ मेमा त्यसको जवाफ कयामतले दियौं ।’
उनले पहलगाममा भएको हमला कश्मीरको आमदानी स्रोत, विशेषगरी पर्यटकहरूमाथि लक्षित रहेको बताए । उक्त आम्दानीले स्थानीय मजदुर र व्यवसायीको रोजगारी धानेको पनि उनले उल्लेख गरे ।
प्रधानमन्त्री मोदीले एनडीए सरकारको ११ वर्षको कार्यकाललाई ‘गरिब कल्याण र सामाजिक उत्थान’ को युगको रूपमा वर्णन गरे ।
यो पुल बनेसँगै अब नयाँदिल्लीबाट कश्मीरसम्म वन्दे भारत रेल जाने भएको छ। कटरा–श्रीनगर वन्दे भारत एक्सप्रेस ७ जुनदेखि चल्ने भएको छ । यस रेलमार्गले जम्मु–कश्मीरबीचको १० घण्टाको यात्रालाई मात्र ३ घण्टामा झारेको छ ।
३५९ मिटर अग्लो छ । जुन फ्रान्सको एफिल टावरभन्दा अग्लो हो । अब यो पुल विश्वकै अग्लो आर्च रेल पुलका रूपमा चिनिएको छ ।
यो पुलले ३२७ किमी प्रतिघण्टा गतिसम्मको हावामा पनि सहनसक्ने क्षमता राख्दछ । भूकम्प प्रतिरोधी, विस्फोट प्रतिरोधी, अत्यन्तै कठिन भौगोलिक परिस्थितिमा यो पुल निर्माण गरिएको हो ।
यस पुल बनेसँगै कश्मीर अब रेलमार्गद्वारा भारतको बाँकी भागसँग वर्षैभरि जोडिनेछ । जसले जनजीवन, सुरक्षातन्त्र र आर्थिक गतिविधि बढाउने विश्वास भारतले लिएको छ ।
अर्कातिर अञ्जी पुल भारतको पहिलो केबल स्टे रेल पुल भएको छ । जुन ३३१ मिटर अग्लो छ जसले कटरा–रियासीलाई जोड्छ ।
यी पुलहरू २७२ किलोमिटर लामो उधमपुर–श्रीनगर–बारामुला रेल लिंक परियोजनाका हिस्सा हुन् । जुन सन् १९९७ मा सुरु भएको थियो । यो परियोजना पूरा हुन २८ वर्ष लाग्यो ।
यो परियोजनाअन्तर्गत ३६ वटा सुरुङ बनेका छन् । जसमध्ये सबैभन्दा लामो ती–५० टनेल (१२.७७ किमी) को रहेको छ । यो परियोजनामा १३ किलमोमिटर लामा ९४३ वटा पुल बनेका छन् ।