Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व प्रधानमन्त्री देउवाले भने– ‘मधेस प्रदेशको नाम जनक वा जानकी प्रदेश भएको भए उपयुक्त हुने थियो मैले भनेकै हो’

मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन





जनकपुरधाम ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक प्रदेश वा जानकी प्रदेश भएको भए राम्रो हुन्थ्यो बताएका छन् ।
मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन गर्दै देउवाले जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विशेषता उल्लेख गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जनकपुरधाम सीताको जन्मस्थल मात्र होइन, सीतारामको विवाहस्थलसमेत हो । यसले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउँदै आएको छ । प्रदेशको नाम यदि जनक वा जानकी प्रदेश राखिएको भए उपयुक्त हुने थियो मैले भनेकै हो ।’
प्रदेशको नामाकरण भएको तीन वर्षपछि देउवाले सार्वजनिक रुपमा प्रतिक्रिया दिँदै, स्थानीय इतिहास र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने नाम आवश्यक रहेको धारणा राखेका हुन् ।
नामाकरण प्रक्रियाका क्रममा नेपाली कांग्रेसले यस प्रदेशको नाम मिथिला प्रदेश हुनुपर्ने पक्षमा उभिएको थियो ।
यद्यपि, कार्यक्रममा देउवाले समसामयिक राजनीतिक विषयमा भने टिप्पणी गरेका थिएनन् ।