Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बैंगलोर घटनालाई लिएर आइपीएल विजेता टीम आरसीबीविरुद्ध एफआईआर दर्ता





काठमाडौं ।
आईपीएल विजेता रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)को जितको अवसरमा आयोजना गरिएको विजयोत्सव कार्यक्रममा भएको घटनामा बेंगलोर प्रहरीले आरसीबीविरुद्ध प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरेको छ ।
एफआईआरमा प्रहरीले आरसीबीले चिन्नास्वामी स्टेडियममा प्रहरीको अनुमतिबिना नै कार्यक्रम आयोजना गरेको उल्लेख गरेको छ । यस घटनामा आरसीबीलाई मुख्य अभियुक्तका रूपमा उल्लेख गरिएको छ ।
साथै, कार्यक्रम व्यवस्थापनमा संलग्न डिएनए इन्टरटेन्मेन्ट र स्टेडियमको व्यवस्थापन गर्ने कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) पनि अभियुक्त छन् ।
एफआईआर बेंगलोरको क्युबन पार्क डिभिजनका प्रहरी निरीक्षक गिरीश ए.के.को उजुरीका आधारमा दर्ता गरिएको हो । उजुरीमा भारतीय न्याय संहिताका विभिन्न ६ धाराहरूः १०५ (हत्या नभएको भए पनि दोषी ठहरिने), ११५ (जानबुझी चोट पु¥याउने), ११८ (खतरनाक तरिकाले गम्भीर चोट पु¥याउने), १३२ (सार्वजनिक सेवकको कर्तव्यमा बाधा पु–याउने), १२५ (ज्यान वा सुरक्षामा खतरा पु¥याउने) र १९० (गैरकानुनी जमघट) समावेश गरिएको छ ।
प्रहरीका अनुसार, जुन ४ तारिख बिहानसम्म प्रहरी आरसीबीको जितपछि उत्पन्न भीड व्यवस्थापनमा व्यस्त थियो । त्यसैले प्रहरीले सोही दिन दिउँसो थप भीड व्यवस्थापन गर्न नसक्ने भन्दै अनुमति नदिएको दाबी गरिएको छ । तर, आरसीबी, केएससीए र डिएनएले प्रहरीले दिएको चेतावनीलाई बेवास्ता गर्दै सामाजिक सञ्जाल र वेबसाइटमार्फत फ्यानहरूलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका थिए ।
एफआईआरमा उल्लेख भएअनुसार, चिन्नास्वामी स्टेडियमको क्षमताभन्दा झण्डै १० गुणा बढी लाखौं समर्थकहरू त्यहाँ जम्मा भएका थिए । दिउँसो ३ः१० बजे गेट खोलिएपछि स्थिति बिग्रियो र भागदौड भयो ।
प्रहरी र सुरक्षाकर्मीले घाइतेहरूलाई उद्धार गर्न प्रयास गरे तापनि ११ जनाको मृत्यु भयो, ६४ जना घाइते भए, र सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन् । साथै, एफआईआरमा नाम भएका सबै पक्षका प्रतिनिधिहरूलाई तुरुन्त पक्राउ गर्न निर्देशन दिएका छन् । क्युबन पार्क प्रहरी चौकीका निरीक्षकलाई समेत घटनाप्रति जिम्मेवार ठहर गर्दै निलम्बन गरिएको छ ।
यो दुःखद घटनाले कार्यक्रम व्यवस्थापनमा देखिएको लापरवाही र भीड नियन्त्रणमा चुकको गम्भीर परिणाम देखाएको छ । प्रहरीले अब थप अनुसन्धान अघि बढाएको जनाएको छ ।