

सुजीतकुमार झा
जनकपुरधाम ।
भारतमा कोबिड संक्रमित बढन थालेपछि सीमा क्षेत्रका शहरका जनता चिन्तित देख्न थालिएपछि वरिष्ठ चिकित्सक डा. रमण मिश्रले कोविडलाई लिएर जनकपुरबासी चिन्तित हुनुहुँदैन तर सर्तक रहनुपर्छ बताउनुभयो । भाइरस फैलिन समय लाग्दैन बताउँदै उहाँले भन्नुभयो – नयाँ उपभेरियेन्ट त्यति खतरनाक देखिएको छैन तर शंका लागे कोबिडको टेष्ट गराउनुपर्छ ।
वरिष्ठ चिकित्सक डा. मिश्रा आज मोडेल खबरको स्टुडियोमा आउनु भएको थियो । उहाँले भन्नुभयो – केही महिना भयो कोबिडका एउटापनि रोगी फेला नपरेपनि यता केहीदिन देखि ज्वरो भएकाहरुलाई विशेष निगरानी गर्ने गरेको छु ।
अहिलेसम्म फेलापरेका दूई उप–भेरियन्टका धेरैजसो केसहरू हल्का देखिन्छन् । यसको बाबजुद, यी भेरियन्टहरू निश्चित व्यक्तिहरूको लागि बढी खतरनाक हुन सक्छन् । त्यसकारण सर्तक रहनैपर्छ । कस्ता व्यक्तिका लागि खतरनाक हुन सक्छ, कोबिड भए अहिले पहिला जस्तै मास्क लगाउने लगायत कोबिडसँग जोडिएर उहाँसँग लामो कुराकानी गरेको । सो कुरकानी केहीबेरमा मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।

