Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषण आदेश जारी





काठमाडौँ ।
पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले तीन थरी आदेश गरेको छ ।
द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले उत्प्रेषण जारी गरेको छ । प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।
यस्तै अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न मागदाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।
यस्तै अदालतको अवहेलना गरेको भन्दै सापकोटाले कनकमणि दीक्षित विरुद्ध दायर गरेको रिटमा मागदाबी नपुग्ने आदेश भएको छ ।