Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लिङदेन खोज्दै बैठकमै होहल्ला भएपछि आन्दोलनको कार्यक्रम तय नगर्दै राजावादीहरुको बैठक स्थगित





काठमाडौं ।
राजसंस्था र हिन्दुराज्य पुनस्र्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा कार्यकर्ताहरुले होहल्ला गरेपछि आन्दोलनका कार्यक्रम तय नगरी बैठक स्थगित गरिएको छ ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा कार्यकर्ताहरुबाट होहल्ला सुरु भएको थियो । उनीहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन खोई भन्दै हल्ला सुरु गरेका थिए । त्यतिबेला लिङ्देन संसद बैठकमा थिए ।
कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गरे । उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए ।
एक हप्ता लामो पहिलो चरणको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम तय गर्न भन्दै आज सुवेदीले बैठक बोलाएका थिए । उनका अनुसार बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरुलाई बोलाइएको थियो ।