Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बलराम महतोका छोरा एवं रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो काठमाडौँबाट पक्राउ





जनकपुरधाम ।
बलराम महतोका छोरा एवं रमण कन्सट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार उनी ठगीको कसुरमा पक्राउ परेका हुन् । पवनसँगै उनका बुवा बलराम महतोविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद चलिरहेको छ ।
पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ । दुबै जना भने फरार छन् । उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो ।दिगहवा लोखरम रोड निर्माणको लागि ठेक्का लिएका रमण कन्ट्रक्सनले बैंक ग्यारेन्टी राखिएको रकम आफूलाई फाइदा हुने मनसायले तानेपछि उनीविरुद्ध उजुरी परेको थियो ।