Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईसहितका प्रतिवादीको बयान पुरा, अब थुनछेक बहस हुने





काठमाडौँ ।
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधबारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ ।
राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।