Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महिन्द्र राय यादव नेतृत्वको नेसपाले नेसपा नयाँशक्तिको झण्डा र लोगो दुरुपयोग गरेको निर्वाचन आयोगको ठहर





काठमाडौं ।
निर्वाचन आयोगले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग गरेको ठहर गरेको छ । यसका साथै अब उप्रान्त त्यसो नगर्न सचेत गराएको छ । यदि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ ।
नेसपाका महासचिव रमेश प्रसाद यादवले जारी गरेको एक विज्ञप्तिमा आफ्नो झण्डा र लोगो दुरुपयोग गरिएको भन्दै नेसपा नयाँशक्तिले निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सो निवेदनको आधारमा आयोगले नेसपा महासचिव यादवलाई नै सम्बोधन गरेर पत्र पठाउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ९ को विपरीतको काम नगर्न भनेको हो ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेसपाले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै महिन्द्र राय यादवसहितका नेताहरुलाई २०८१ असार २ गते निष्कासित गरेको थियो । त्यसपछि यादवले नेसपा नामबाट गतिविधि गर्दै आएका छन् ।
बाबुराम नेतृत्वको नेसपा नयाँशक्ति भने निर्वाचन आयोगमा दर्ता छ । हाल नेसपा नयाँशक्ति र नेसपाबीच आधिकारिकता सम्बन्धी विवाद चलिरहेको छ ।
निर्वाचन आयोगले दल दर्ता अभिलेखमा रमेश प्रसाद यादव नेसपा नयाँशक्तिको महासचिव लगायत केन्द्रीय समितिको कुनै पनि पदमा नभएको भन्दै नेसपा नयाँशक्तिको झण्डा र लोगो प्रयोग नगर्न भनेको छ ।