Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कर्णालीको नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आज प्रस्तुत गर्ने





सुर्खेत ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।

सरकारकातर्फबाट कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी आँखाको उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए ।

नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध कर्णाली : सुखारी कर्णाली’वासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने प्रि बजेटमा दाबी गरेको छ ।