Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानमा १७ वर्षीया टिकटकरको हत्या





इस्लामावाद।

पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।

सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् ।

प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ ।

गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्‍याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् ।

प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेको र उनी चाँडै पक्राउ पर्ने दाबी गरिएको छ ।

अनुसन्धान अधिकारीका अनुसार सनामाथि गोली हान्नु अघि अभियुक्तले उनको घरको खानातलासी गरेका थिए । जब आरोपीले सनाका आमा-बुबा घरमा नरहेको देखे त्यसपछि सिधै सनाको कोठामा पसेर उनीमाथि गोली हानिएको थियो ।

उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा हुन्, तर उनको परिवार केही समयदेखि इस्लामाबाद बस्दै आएको पाइएको छ ।

सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन् ।