Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रतिपक्षी दलहरुसंग सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको बैठक स्थगित





काठमाडौं ।
प्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेको सचिवालयले संसद् बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । यसअघि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि बैठकको समय सारेको थियो ।
मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
उनीहरू भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरणमा लेखक मुछिएका छन् ।