Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुस र युक्रेनबिचको वार्ता असफल





एजेन्सी ।
रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति वार्ता असफल भएको छ । युक्रेनी अधिकारीका अनुसार रुसले निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार गरेको हो । यसका बाबजुद दुवै देश सेनाका १२ हजार शव हस्तान्तरण गर्न राजी भएका छन् ।
रुसले भने आफूले दुई तनि दिनका लागि फ्रन्ट लाइनमा युद्ध विरामको प्रस्ताव राखेको बताएको छ । सोमबार इस्तानबुलमा एक घण्टा भन्दा बढी समय लगाएर सकिएको वार्तामा युद्धको क्रममा धेरै बिरामी भएका बन्दी रिहा गर्न सहमति भएको हो । वार्ताको सुरुवातमा दुवै देश युद्ध अन्त्यका लागि तयार हुने अपेक्षा गरिएको थियो ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अहिलेसम्म २० प्रतिशत भू–भाग लिइसकेको जनाइएको छ । यसमा सन् २०१४ देखि नियन्त्रणमा राखेको क्रिमिया समेत छ ।
वार्तापछि युक्रेनी प्रतिनिधि मण्डलको नेतृत्व गरेका रक्षामन्त्री रुस्तेम उमरेभोले कम्तीमा ३० दिनका लागि निःसर्त युद्ध विरामको प्रस्ताव राखेको बताए । यसले अहिलेको जस्तो मान्छे मर्नेक्रम रोकिने उनले बताए। दुवै देशले राखेको प्रस्तावका बारे पुरै विवरण बाहिर आएको छैन । वार्तामा रुसले आफूले कब्जा गरेको स्थानबाट युक्रेनी सेना पूर्ण रूपमा हट्नु पर्ने माग राखेको छ ।